काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय र आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने जानकारी दिए ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया