राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, मुलुकको सुरक्षा अवस्थाकाबारेमा छलफल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा समसामयीक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।