पूर्वमन्त्री टोपबहादुर रायमाझी आफैं फर्किए कारागार


काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका एमाले नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका थिए ।

उनी सोमबार साँझ आफैं कारागार फर्किएका केन्द्रीय कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।