काठमाडौं । आफूलाई जेनजी आन्दोलनका अगुवा बताउने सुदन गुरुङले आफूलाई आक्रमणको प्रयास भइरहेको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत गुरुङले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै पिछा गरिरहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ । मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है।…गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि।’
गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन् । गुरुङ अहिले मन्त्रिपरिषद्मा राम्रा–राम्रा मन्त्रीहरू गएको उल्लेख गर्दै आफूलाई हमला गर्न लगाउने शक्ति देश बनाउनेतिर लगाउन सुझाव पनि दिएका छन्।

प्रतिक्रिया