-सुवोधराज प्याकुरेल ।
कहिले फुर्छ नेपालीको बुद्धि ? नेताहरु आफूलाई केन्द्रमा राखेर प्रत्यक्षको हल्ला गर्दैछन् । उनीहरुलाई आफू सत्तावाट बेदखल हुनुपरेको मात्र पीडा छ । हामी जनता सुशासनको भोका छौँ । राज्यले गर्ने पाइलैपिच्छेको अपमानले गलिस्त भएका छौँ । दलहरुको सञ्चालन निरंकुश अधिनायकवादी शैलीले गरिनाले सर्वत्र भोग्नुपरेको बेथितिले घायल छौँ । यो चित्कार यो आवेग र आक्रोशको सुनुवाई कहिले गर्ने ? कसरी गर्ने ? मुख्य सवाल यो हुनुपर्ने । तर फेरि प्रत्यक्ष निर्वाचित कार्यकारीको हल्ला चलाउने, आफू निर्विवाद प्रधानमन्त्री बन्ने र जनताको छातीमा शासकीय बुट दल्न आफू र आफ्ना आफन्तको रजगज निम्त्याउने, यो षडयन्त्रलाई बेलैमा चिनौँ र चिरौँ ।
गाँठी कुरा मनसाय चरित्र र विवेक हो । जुन पूराना मेठहरुमा उदय हुने लक्षण छैन । नबिर्सौँ अहिले शतप्रतिशत असफल सिद्ध नाइकेहरु पनि आन्दोलन सुरु गर्दा र त्यसको नेतृत्व गर्दा जेनजी नै थिए । अझ कतिपय त जेन– अल्फा नै थिए । मुख्य कुरा ढाँचा शैली र बोलीलाई जनताको मातहत जोतिने गोरु जस्तो बनाउन सक्नु हो । त्यसले मात्र करेली समाएर इमान्दारितापूर्वक शासकलाई जोत्न सक्छ। र त्यसो गर्न सकिन्छ ।
अहिलेको शासकीय संस्कार संस्कृति र राजकीय संरचनाको अवस्था यस्तो छ कि ढुङ्ग्रोको एकापटीबाट गौतम बुद्ध हालेपनि अर्कोतिरबाट निस्कँदा त्यो चाल्र्स शोभराज जस्तो ज्याद्रो अपराधी बनेर निस्किन्छ ।

प्रतिक्रिया