काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मन्त्री चयनको विषयलाई लिएर आश्चर्य प्रकट गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत महासचिव विप्लवले मन्त्री चयन विद्रोही जनतालाई बेकुफ बनाउने भद्दा प्रहसनको संज्ञा दिएका छन् । उनले यसको चित्तबुझ्दो जवाफ नआएसम्म सरकार कसरी चल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘विद्रोह जेनजीले गरे, जनताले गरे, हामीले पनि गर्यौं । तर सरकार कसरी बनिरहेको छ,कसले बनाइरहेको छ, मन्त्रीहरू कसरी कहाँबाट आइरहेछन् ? के यो विद्रोहका योजनाकार, सञ्चालक यीनै थिए ? चटक जस्तो लाग्ने यो हर्कत के विद्रोही जनतालाई बेकुफ बनाउने भद्दा प्रहसन होइन ? यसको चित्तबुझ्दो जवाफ नआएसम्म सरकार चल्छ कसरी ? चुनाव हुन्छ कसरी ? देशमा स्थिरता र समृद्धि आउँछ कसरी ? सहरदेखि गाउँसम्म जागाराम बसौं ।’

प्रतिक्रिया