काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम आज दिउँसो तीन बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रम दिउँसो तीन बजे हुने जानकारी गराएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुनलाई शिक्षा, पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार, मदन परियारलाई कृषि मन्त्री, संगीता मिश्रलाई स्वास्थ्य र पत्रकार जगदीश खरेललाई संचारमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् ।
तर मिश्रको नाम भने अन्तिम समयमा आएर काटिएको बताइएको छ । यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया