महावीर पुनको आग्रहः मलाई मन्त्री नभन्नु, ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नु


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि आफ्नो नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि पुनले सामाजिक संजामार्फत आफूलाई मन्त्री नभन्न आग्रह गरेका हुन् । उनले कसैले मन्त्री भन्न साह्रै रहर लागेमा कबाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि ‘लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्स एपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ’कवाडी वैज्ञानिक मन्त्री भन्नु होला।’