संसद विघटन असंवैधानिक भएकाले यसबारेमा अन्य दलसँग पनि छलफल गर्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनपछिको घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने भएको छ । शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन असंवैधानिक भन्दै यसबारेमा अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस नेता सिटौलाले संसद विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि ससद् पुर्नस्थापना प्रमुख माग हुनुपर्ने बताएका छन् । त्यस्तै बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ।

आन्दोलनमा घुसेका तत्त्वहरूले अर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको निष्कर्ष निकालेको सहमहामन्त्री महेन्द्र यादवले जानकार दिए । बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।