काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अवलोकन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार पेरिसडाँडा पुगेका छन् ।
आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । सेनाको ब्यारेकबाट फर्किएपछि प्रचण्ड मंगलबार पार्टी कार्यालय अवलोकन गर्न पुगेका हुन् । अवलोकनपछि प्रचण्डले पार्टी कार्यालयमा निकै ठूलो क्षति पुगेको देखिएको बताए ।
उनले केही कम्प्युटर र पुस्तकालय बचाउन सहयोग पुर्याउनेहरुलाई धन्यवाद दिए । उनले भने,’क्षति त पुर्याइयो, देश भित्र र बाहिरका पार्टी सदस्यहरुको सहयोगमा पार्टी कार्यालय भवन भव्य बनाइनेछ ।’

प्रतिक्रिया