रास्वपाले भन्यो-आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैन, प्रतिवाद हुनेछ


काठमाडौं । राष्ट्रिय स्वतन् त्र पार्टीले जेनजीको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भत्र्सना गरेको छ । सोमबार साँझ विज्ञप्ति जारी गरी रास्वपाले निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको निन्दा गरेको हो । रास्वपाले भनेको छ, ‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा दिनुपर्ने बताएको छ । साथै घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।