काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले बर्बर दमन गरेको भन्दै कांग्रेस नेताले नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले सामाजिक संजालमार्फत गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
उनले भनेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो । यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो ।’
जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी एक दर्जन भन्दाबढीको मृत्यु भइसकेको छ भने दुई सय भन्दाबढी घाइते भएका छन् ।

प्रतिक्रिया