सरकारलाई प्रचण्डको चेतावनीः सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका जेनजीका मागहरूलाई तत्काल सम्बोधन गरियोस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु । जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’