काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिनजी पुस्तालाई आन्दोलनमा घुसपैठ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
नख्खु कारागारमा रहेका सभापति लामिछानेले पत्र लेख्दै आन्दोलनमा घुसपैठ हुनसक्ने भएकाले सचेत र उत्तेजित बनाउन सक्छने भएकाले विवेक प्रयोग गर्न आग्रह गरेका हुन् ।
पत्रमा लामिछानेले लेखेका छन्, ‘प्रिय Gen Z, भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’


प्रतिक्रिया