काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने ‘जेन–जी’ र ‘अल्फा’ पुस्ता आइसक्दा पनि ‘बेबी बुमर्स’ पुस्ताले नै थर्काइरहेको भन्दै कटाक्ष गरेका छन् ।
सरकारले सामाजिक संजाल बन्द गरेको लक्षित गर्दै बास्कोटाले क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन भन्दै कटाक्ष गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘जेन–जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदै छ । हाहुमा हैन, क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।’
यसअघि पनि उनले सामाजिक संजाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए । उनले लेखेका थिए, ’नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथें मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा विर्को लगाउने हैन नि।’

प्रतिक्रिया