तीन प्रतिवेदनमाथि छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज सचिवालय बैठक हुँदैछ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो तीन बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ ।