काठमाडौं । नेकपा एकीकृत समाजवादीले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसेटिभ’ (जीएसआई) मा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेको विषयमा सरकारको धारणा मागेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले जीएसआईमा समर्थन जनाएको दाबी गरिएको भन्दै सरकारको धारणा माग गरेका हुन् । उनले यदि यो कुरा सत्य भए आत्मघाती हुने चेतावनी दिए ।
उनले भने, ‘नेपालको संविधानअनुसार नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिवद्ध छ । नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन सक्दैन । यदि प्रधानमन्त्रीज्यूले जीएसआईको समर्थन गर्नुभएको हो भने हामी शक्ति राष्ट्रहरूको सुरक्षा पासोमा पर्ने खतरा हुन्छ । त्यो आत्मघाती हुनेछ । सरकारले यसलाई तत्काल स्पष्ट पारोस् । प्रधानमन्त्रीज्यूले यस विषयमा नेपाल फर्किसकेपछि संसद्मा जवाफ दिनको लागि सम्माननीय सभामुखमार्फत् विषेश माग गर्दछु ।’

प्रतिक्रिया