केन्द्रीय कमिटी बैठक रोकेर एमालेले बोलायो सचिवालय बैठक


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भदौ १९ गते दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । गौतमले भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेस हुने दस्तावेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइने बताए ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्दै छन् ।