विप्लवलाई भेट्न उनकै निवास किन पुगे प्रचण्ड ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेट गरेका छन् ।

सोमबार बिहान विप्लवलाई भेट्न प्रचण्ड हरिसिद्धिस्थित विप्लवको निवासमा पुगेका थिए । प्रचण्डलाई विप्लवले धुपीको फूलले स्वागत गरेका थिए । त्यसपछि उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटमा समसामयिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

यसअघि विप्लव माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्न उनको घर पुगेका थिए । माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ ।