सिएनएन । खगोलविद्हरूले जेम्स वेब स्पेस टेलिस्कोपको मद्दतले युरेनस वरिपरि चन्द्रमा फेला पारेका छन् । नासाका अनुसार यस खोजसँगै ग्रह वरिपरि परिक्रमा गर्ने चन्द्रमाहरूको संख्या २९ पुगेको छ ।
फेब्रुअरी २ मा वेबको नियर–इन्फ्रारेड क्यामेराले खिचेका लामो एक्स्पोजर तस्बिरहरूमा करिब १० किलोमिटर व्यासको यो चन्द्रमा देखापरेको हो ।
भ्वायेजर–२ अन्तरिक्षयानले ४० वर्षअघि गरेको फ्लाइबाईमा पनि नदेखिएको यस चन्द्रमालाई अस्थायी रूपमा S/2025 U1 नाम दिइएको छ
। वैज्ञानिकहरूले यसले युरेनसका औंठीहरूको उत्पत्ति र संरचना बुझ्न महत्वपूर्ण जानकारी दिन सक्ने बताएका छन् । यसअघि पत्ता लागेका १३ वटा साना चन्द्रमामा नयाँ चन्द्रमा थपिएपछि युरेनसका भित्री चन्द्रमाहरूको संख्या १४ पुगेको छ । खगोलविद्हरूका अनुसार अझै धेरै साना चन्द्रमा युरेनस वरिपरि लुकेका हुनसक्छन्।

प्रतिक्रिया