काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विधेयकमा फरक मत राखेका छन् । विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ ।
जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ । विधेयक आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया