काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछानेलाई भेट्न प्रचण्ड आज साँझ ६ बजे नख्खु कारागार पुग्ने उनको सचिवालयले जनाएको छ । रुपन्देही कारागारमा रहेका रविलाई गत शनिबार नख्खु स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया