कांग्रेस-एमालेले उपसभामुख हटाउने तयारी गरेपछि विपक्षी दलहरू सिंहदरबारमा छलफलमा


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेपछि विपक्षी दल छलफलमा जुटेका छन् ।

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी छ । सत्तारुढ दल नेपाली कांगेस र नेकपा एमालेले उपसभामुख रानालाई महाअभियोग लगाएर हटाउने तयारी थालेपछि प्रचण्डले बैठक बोलाएका हुन् । बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको छ ।