उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोगः राजेन्द्र लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुखलाई पदबाट हटाउने सत्तारूढ दलको निर्णय संवैधानिक व्यवस्थाको दुरूपयोग भएको बताएका छन् ।

उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्दै कांग्रेस र एमालेले उनीविरूद्ध प्रस्ताव लैजाने तयारी गर्दै सांसदहरूको हस्ताक्षर लिएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुरयाउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो।’ उपसभामुख रानालाई हटाउन कांग्रेस एमालेले हस्ताक्षर अभियान सुरु गरेका छन् ।