दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट ओलीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिश्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आएका सचिव मिश्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेका थिए । भेटका क्रममा भारतीय विदेश सचिवले निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए ।

भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।