रवि लामिछानेलाई लगियो नख्खु कारागार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । शनिबार अपरान्ह लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो ।

उनलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएपछि सिधै नख्खु कारागार लगिएको थियो । लामिछानेलाई काठमाडौं ल्याइने भएपछि रास्वपाका केही समर्थक त्रिभुवन विमानस्थलमा भेला भएका थिए । तर, उनलाई अर्को बाटो प्रयोग गरेर नख्खु कारागार लगिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएपनि सरकारले सरुवा गरेका थिएन । तर यसको सर्वत्र आलोचना भएपछि कारागार व्यवस्थान विभागले शुक्रबार नख्खु कारागार सार्ने निर्णय गरेको थियो ।