१२६ दिन थुनिएको भैरहवा कारागारको कोठाको भित्तामा रविले लेखेँ–’यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं आउनुअघि भैरहवा कारागारमा यो युगमा अब कृष्णहरु नजन्मने बताएका छन् । सभापति लामिछानेको भनाई उदृत गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेले यो युगमा अब कृष्णहरू नजन्मने तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्ने उल्लेख गरेको बताएका छन् ।

वाग्लेले सामाजिक संजालमा लेखेका छन्, ‘आज कृष्ण जन्माष्टमी । रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयर U4–८६० को उडानबाट काठमाडौँ लगिएको छ। संक्षिप्त बिदाई भेटमा उहाँले भन्नुभयो, “भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ–यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।’