काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । सांघाई सहयोग संगठन(एससीओ)को सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको हो ।
भदौ १५ र १६ गते बेइजिङमा सांघाई सम्मेलन हुनेछ । साथै सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया