काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीमा फरार रहेका जीवी राईको खोजी गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रमेश लेखकलाई जीवी राईलाई कहाँ लुकाइएको भन्दै प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे, ‘जिबी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’
उनले गिरिबन्धु टी स्टेटको फाइलको पनि खोजी गरेका छन् । उनले प्रश्न गरे, ‘गिरिबन्धुको फाइल कहाँ पुग्यो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ? नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ थन्कियो ? के यो बयान पनि अप्राकृतिक गठबन्धनले थुनेको छ ?’
उनले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन वा संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने पनि बताए।

प्रतिक्रिया