काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए ।
तर निर्वाचन आयोगले लालबीरलाई अध्यक्षका रूपमा मान्यता नदिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै स्वतः रञ्जिता नै अध्यक्ष कायम भएकी छन् । रेशमले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए ।

प्रतिक्रिया