काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले श्रीमानले न्याय नपाएसम्म लडिरहने बताएकी छन् । जिल्ला अदालत रुपन्देहीले रविलाई थुनामै राख्ने आदेश दिएपछि निकिताले सामाजिक संजालमार्फत आफूले हार नखाएको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।’
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर अदालतले लामिछानेको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै थुनामै रहने आदेश दिएको छ ।

प्रतिक्रिया