काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सोमबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले केही दिनयता राजनीतिक भेटघाट बढाइरहेका छन् । यसअघि श्रेष्ठले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता झलनाथ खनालले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रतिक्रिया