विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र एकदम धरापमा रहेको बताएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले लोकतन्त्र धरापमा रहेको बताएका हुन् ।
उनले सरकारमा उत्तरदायी, पारदर्शी र सुशासन नभएकाले लोकतन्त्र धरापमा रहेको स्पष्ट भएको बताए । कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचल्नु लोकतन्त्रका लागि खतरा भएकाले अहिले त्यही भइरहेको बताए ।
उनले भने, ‘डेमोक्रेसी धरापमा छ । हामीहरूले निर्वाचन प्रणाली नै यस्तो बनाएका छौं, हामीसँग मिलिजुली सरकार बनाउनुको विकल्प छैन मिलिजुली सरकारको नाममा रहेका कुरा छोड्दै जाने हो, सैद्धान्तिक धरातल छाड्दै जाने हो भने कस्तो कांग्रेस हामी बनाउँदैछौं भन्ने कुरा सोच्नुपर्यो । अहिले सरकार न जवाफदेही छ, न उत्तरदायी छ न पारदर्शी छ । यो सबै कुराका लागि सुशासन हुन जरुरी छ ।’
कोइरालाले प्रधानमन्त्री र मन्त्री मात्रै फेरेर देश ठिक ठाउँमा अघि बढ्न नसक्ने बताए ।

प्रतिक्रिया