काठमाडौं । सरकारले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको कुरा सार्वजनिक भएपछि अहिले सरकारको विरोध भइरहेको छ । सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागेको भन्दै सरकारको विरोध भइरहेको हो ।
सरकारमाथि आलोचना हुन थालेपछि नेकपा एमालेका महासचिव त्यसको प्रतिरक्षामा उत्रिएका छन् । एमाले महासचिव शंकर पोखरेलले कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन नसक्ने उल्लेख गरेका छन् ।
उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’

प्रतिक्रिया