जब सुदन किराँतीले विप्लवलाई दिलबहादुर रम्तेलको फोटो दिए…


ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच भेटवार्ता भएको छ । शनिबार ललितपुरको हात्तीवनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको भविष्यका विषयमा छलफल भएको किराँतीले जानकारी दिएका छन् । भेटमा किराँतीले नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो ‘आँखीझ्याल’ फ्रेममा राखी महासचिव विप्लवलाई प्रदान गरेका थिए ।

भेटबारे किराँतीले भने, ‘नेकपा महासचिव आदरणीय कमरेड विप्लवसँग भेट भयो । भेटमा समसामयिक बिषयमा छलफल भयो । साथै यो भेटको सम्झना स्वरुप आँखिझ्यालको फ्रेममा महान जनयुद्धको प्रथम सहिद क.दिल बहादुर रम्तेलको फोटो प्रदान गरें ।’