विद्या भण्डारी, प्रचण्डलगायतका नेतासँगको भेटलाई सामान्य लिनु : शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर वडा नम्बर ४ कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै कोइरालाल कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।

बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने भन्दै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताए । कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए ।

राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे ।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताए ।