काठमाडौँ । पार्टी अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले कानुनी उपचार खोज्ने भएकी छन् । पार्टी अध्यक्षबाट हटाउने निर्णय पार्टी विधानविपरीत भएको भन्दै उनले आफूलाई मान्य नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधानविपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।’
काठमाडौंमा दुई दिनसम्म चलेको रेशम चौधरी पक्षको भेलालो लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद अरुणकुरमा चौधरीले बताए । लालवीर रेशमका पिता हुन् ।

प्रतिक्रिया