देउवासँगको भेटबारे रेशमले भने- महत्वपूर्ण राजनीतिक छलफल


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटबारे चौधरीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

चौधरीले सामाजिक संजालमा देउवासँग भेट गरेको तस्बिर राख्दै राजनीतिक महत्वपूर्ण छलफल भएको जानकारी दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी पोखराको लिचिबारी घुसकाण्डमा मुछिएपछि पार्टीभित्र विवाद बढेको छ । बुधबार रेशम पक्षको भेलाले रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको छ ।