बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।
संसदीय दलका नेता चयन गर्न आज बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया