प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । त्यस्तै बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।

बैठकले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको छ। न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका थिए ।