काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । त्यसपछि अध्यक्ष श्रेष्ठले विधान बमोजिम बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन्। उनीसँग केहीदिनअघि अख्तियारले बयान लिएको थियो ।
यस्तो छ कार्यवाहक तोकिएको पत्र
नागरिक उन्मुक्ति पार्टी People’s Freedom Party केन्द्रीय कार्यालय, काठमाडौं
श्री शिव वास्तोला ज्यू,
वरिष्ठ नेता
नागरिक उन्मुक्ति पार्टी,
मिति : २०८२।०४।१०
गण्डकी प्रदेश, पोखरा महानगरपालिका ०६, कास्की,
महोदय,
विषय : कार्यवाहक अध्यक्ष तोकिएको सम्बन्धमा ।
मेरो स्वास्थ्य अवस्था विगत केहि दिन देखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरुमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु । मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य संचालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ ।
यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टिको विधान २०७८ को धारा २० को उपधारा (९) वमोजिम, तपाई यस पार्टीको वरिष्ठ नेता शिव वास्तोला लाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्र मार्फत तोकिएको छ । तपाईले पार्टीको विधानको अधिनमा रहि अध्यक्षको रुपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरु निर्वाह गर्नु हुनेछ र पार्टीका गतिविधिहरुलाई सफलता पूर्वक अगाडी बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु । मेरो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहनेछ । यस अवधिमा तपाईंबाट पार्टीको हित र एकता कायम राख्दै काम गरिनेछ भन्ने अपेक्षा राखेको छु ।
जय नागरिक ।
वोधार्थ :
१. नागरिक उन्मुक्ति पार्टि केन्द्रीय कार्यसमिति
२. नागरिक उन्मुक्ति पार्टि प्रदेश कार्यसमिति सबै / जिल्ला कार्यसमिति सबै
Email: [email protected], Mobile No. 9851249954
08790
(अध्यक्ष)
मा. रञ्जिता श्रेष्ठ चौधरी
नागरिक उन्मुक्ति पार्टी

प्रतिक्रिया