बागमती प्रदेश सरकारका चार मन्त्रीद्वारा राजीनामा


बागमती । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले शुक्रबार राजीनामा दिएका हुन् । बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना मन्त्री सहभागी छन् ।