काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुक्खाग्रस्त मधेस प्रदेशका महोत्तरी र बारा जिल्ला जाने भएका छन् । सामाजिक संजालमार्फत प्रधानमन्त्रीले आज सुक्खाग्रस्त क्षेत्रको वस्तुस्थिति बुझ्न आफू त्यहाँ जान लागेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ ।हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ । आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुक्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’

प्रतिक्रिया