भूमि विधेयक भूमाफियालाई जग्गा प्रदान गर्ने गरी ल्याउन खोजियोः अध्यक्ष यादव


काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले भूमि विधेयकलाई पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष यादवले भूमि विधेयक भूमाफियालाई जग्गा प्रदान गर्ने गरी ल्याउन लागिएको भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले सरकारले अघि सारेको नीतिलाई पुनर्विचार गरेर तराइलाई मरुभूमिकरण हुनबाट जोगाउनुपर्ने बताए । उनले भने, ‘एकातिर सरकारले सगरमाथा समिट आयोजना गरेको छ । दुर्भाग्यवस्, अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी कानुन पनि ल्याउँदैछ। विधेयकको रूपमा। यो विरोधाभाष भएन र ? हामी कस्तो नीति अँगाल्दैछौं ? यो नीतिलाई पुनर्विचार गरौं । तराईलाई मरुभूमिकरण हुनबाट जोगाऔं ।’