काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले बोलेर बैठक बहिस्कार गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै दुई दलले ५९ दिनदेखि सदनमा विरोध र बहिष्कार गर्दै आएका छन् ।
दुई दलले सरकारले गठन गरेको छानबिन समितिलाई टालटुलेको संज्ञा दिँदै आफूहरूको माग अनुसार गठन नभएसम्म आन्दोलन नछाड्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया