रोयटर्स । रूसमा करिब ५० जना यात्रु सवार एक यात्रुवाहक विमान बिहीबार अचानक सम्पर्कविहीन भएको छ । ’अंगारा एयरलाइन्स’को एएन–२४ मोडलको विमान आमुर क्षेत्रको टिण्डा सहरतर्फ उडान भर्दै गर्दा सम्पर्कविहीन भएको हो । विमानमा ४३ जना यात्रु सवार थिए, जसमा पाँचजना बालबालिका समेत रहेका छन्।
चालक दलका ६ सदस्य थिए । आमुर क्षेत्रका गभर्नर भासिली ओरलोभका अनुसार विमानसँगको सम्पर्क हराएको जानकारी पाउनासाथ उद्धार टोली परिचालन गरिएको छ ।
मौसम खराबीका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ । रूसी आपतकालीन मन्त्रालयले सम्भावित दुर्घटना स्थलको नक्सांकन गरी हेलिकप्टरमार्फत खोजी अभियान थालेको पुष्टि गरेको छ ।

प्रतिक्रिया