काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घुस डिल, भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले भिजिट भिसादेखि मन्त्रीको घुसकाण्डको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन नगरेसम्म संसद्मा विरोध गरिराख्ने बताएका हुन् ।
उनले भने, ‘अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसदमा विरोध गरिराख्छौँ ।’
उनले आयोग नबनेसम्म आफूहरुको संसद्मा विरोध भइरहने र त्यसलाई सरकारले बेवास्ता गरे सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले भने, ‘यो सरकारले यिनीहरू यस्तै हो भन्ने ठान्छ भने हामी सडकबाट टुंगो लगाउनेतिर जान्छौँ। समय आउने बित्तिकै हामी सडकबाट प्रतिवाद गर्छौं। सरकार समयमै सच्चियोस् र संवाद गरोस्। न्यायिक छानबिन आयोग गठन गरोस्।’

प्रतिक्रिया