काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी राजनीतिक आउन रोक लगाएपछि भण्डारी पक्षका नेताले असन्तुष्टि जनाउन थालेका छन् ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पाँचौं महाधिवेशनको घटना स्मरण गराएका छन् । पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई नै बोल्न नदिएको उनले स्मरण गराएका छन् ।
उनले भनेका छन्, ‘इतिहास साक्षी छ पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको । यसैगरी बहुदलीय जनवादको बिषय शुरु गर्दा शुरुमा साथ दिने पनि न्यून नै थिए । यसैगरी केपी ओलीले उपत्यका छोडे पछि बैठक बस्ने बिगत पनि भोगेकै हो । केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभुमिमा अघि बढेको एमाले हो ।’

प्रतिक्रिया