चाक्सीबारीमा कांग्रेसका सात नेता छलफलमा


काठमाडौं । नेपाली कांग्रेसका नेताहरु पार्टीको १५ औं महाधिवेशनका विषयमा छलफलमा जुटेका छन् । सोमबार चाक्सीबारीस्थित उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा नेताहरु छलफलमा जुटेका छन् ।

छलफलमा उपप्रधानमन्त्री सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी छन् ।

यो समूहका नेताले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्न दबाब दिँदै आएका छन् ।