काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच आज दिउँसो ३ बजे एमाले मुख्यालय च्यासलमा भेटवार्ता हुने भएको हो ।
एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयलाई लिएर पक्ष विपक्षमा बहस भएका थिए । विवाद समाधानका लागि बैठकले अध्यक्ष ओलीलाई जिम्मा दिएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा भएपछि एमालेमा तरंग उत्पन्न भएको छ । एमाले अध्यक्ष ओलीले पनि पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया